AC मर्मत टिप्स
Date: 2020-09-22 | Updated Date: 2020-09-22 | Author Name: Anjib Jha | Category Name

एअर कण्डिसन धेरै समय टिकाउनका लागि यसलाई नियमित रुपमा व्यवस्थित राख्ने र समय समयमा मर्मत गर्नु महवपूर्ण कुरा हो । साथै, तपाईलाई यसले धेरै समयसम्म काम दिइरहोस् र सुरक्षित एवं सुविधायुक्त बनोस्, उत्पादनशील बनोस् भन्ने चाहनुहुन्छ भने यसको सहि सञ्चालन गर्न जान्नुपर्दछ र समय समयमा यसलाई हेरविचार गरिरहनु पर्दछ ।
एअर फिल्टरलाई सफा गर्ने वा फेर्नेः
एअर फिल्टरलाई सफा गर्ने वा फेर्ने सबैभन्दा महत्वपूर्ण काम हो जसले एअर कण्डिसनरको आयु बढाउन सहयोग गर्छ । अझ अहिले भइरहेको माहामारीमा महिनाको कम्तीमा एकपटक अवश्य पनि फिल्टरलाई सफा गर्नुहोस् । तपाई आफैले पनि तातो पानीसँग हलुका किटाणुनाशक प्रयोग गरि सफा गर्न सक्नुहुन्छ । पूरा प्रक्रियाको लागि भिडियो लिंक हेर्नुहोस्
https://www.youtube.com/watch?time_continue=80&v=Ivi-1Uu62K8&feature=emb_logo
एअर कण्डिसनरको Coil सफा गर्नेः
समय वित्दै जाँदा एअर कण्डिसनरको evaporator र condensor coil ले फोहरहरु जम्मा गर्दै जान्छ जसले हावाको प्रभाहलाई घटाउँछ र साथै coil लाई निस्कृय गरिदिन्छ । फलस्वरुप, यसले AC को क्षमता र तातो घटाउने क्षमतालाई पनि घटाउँछ । यदि बाहिरको वातावरण फोहरले भरिएको छ भने outdoor राखेको ठाउँ वरिपरि outdoor condenser को coil ले अझै बढी धुलो तान्न सक्छ र यसलाई अरु बढी फोहर बनाउँछ । यसकारण यस्तो समस्या हुनबाट बचाउन AC को coil लाई सफा गर्ने वा वर्षको एकपटक फेर्ने गर्नुपर्दछ ।
बाहिरपट्टि जम्मा भएको फोहरको जालोलाई हटाउनेः
लामो समयपछि तपाईको AC को बाहिरी भागमा धुलो र फोहर जम्मा हुँदै जाँदा यसलाई छोपिदिन्छ जसले AC को क्षमतालाई घटाइदिन्छ साथै हावाको प्रवाहलाई पनि कम गरिदिन्छ । त्यसकारण AC मर्मत गर्दा कम्तिमा वर्षको २ पटक outdoor लाई पनि सफा गर्नुपर्दछ । यसरी सफा गर्दा coil, motors र fan blade ले अझ राम्रोसँग काम गर्दछ ।
पुरानो सामानहरुलाई समयमै फेर्नुहोस्
फेर्नुपर्ने सामानले गर्दा सम्पूर्ण AC लाई नै असर गर्नुभन्दा पहिले नै विग्रेका सामानहरुलाई फेरेर AC को आयु लम्ब्याउनु नै बुद्धिमानी हुन्छ । मर्मत गर्ने समयमा indoor र outdoor मा प्रयोग भएका सम्पूर्ण इलेक्ट्रीकल्स वा मेकानिकल पूर्जाहरुलाई ठीक भए या नभएको निश्चित गर्नुपर्दछ ।
हामी, एअर एक्स्पर्टस् पनि “उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु राम्रो” भन्ने मा विश्वास गर्दछौं । त्यसकारण AC राम्रोसँग मर्मत सम्भार भयो भने सामान फेर्नुभन्दा धेरै सस्तो र प्रभावकारी हुन्छ । त्यसैले AC लामो समयसम्म टिकाउनको लागि यी विधिहरुलाई सबैले ध्यान दिनु जरुरी छ ।
Share this article
Anjib Jha
Anjib jha is a marketing professional with a strong focus on the air conditioning industry in Nepal. With over a decade of experience in brand promotion, customer engagement, and product positioning, he has played a key role in making advanced and energy-efficient cooling solutions more accessible across the country. Ramesh has worked with leading HVAC brands to understand the unique needs of the Nepali market and help consumers make smart, climate-conscious choices. He writes regularly about market trends, product innovations, and tips for choosing the right AC systems for Nepal’s diverse environments.
Related Post

Coronavirus and Heating, Ventilation and Air Conditioning (HVAC)
Date: 2020-09-10 | Updated Date: 2020-09-10 | Author Name: Anjib Jha

कोभीड–१९ तथा Heating Ventilation / Air Conditioners (HVAC)
Date: 2020-09-14 | Updated Date: 2020-09-14 | Author Name: Anjib Jha

Air Conditioner Maintenance Tips
Date: 2020-09-22 | Updated Date: 2020-09-22 | Author Name: Anjib Jha