कोभीड–१९ तथा Heating Ventilation / Air Conditioners (HVAC)
Date: 2020-09-14 | Updated Date: 2020-09-14 | Author Name: Anjib Jha | Category Name

कोरोना भाइरस अहिले संसारभरि नै निकै चर्चाको विषय हो । यद्यपी, यस भाइरसबारे कतिपय कुरा बाहिरिएको भएपनि अझै धेरै कुराबाट हामी अन्जान नै छौं । यस्तै धेरै हल्लाहरुबीच हामी तपाईहरुलाई Heating Ventilation / Air Conditioners (HVAC) तथा कोभिड–१९ बारे केही विशेष जानकारी दिन गइरहेका छौं ।
१. के यो भाइरस हावामा लामो समय रहन्छ र हावासँगै बहेर आउँछ?
कोभीड–१९ भाइरम मुख्यतः संक्रमित व्यक्तिले खोक्दा, हाछ्यूूँ गर्दा वा बोल्दा निस्किने स–साना छिटाहरुबाट अर्को व्यक्तिमा सर्छ । यी साना छिटा÷थोपाहरु हावाभन्दा धेरै भारी हुन्छन् र छिटै नै भुईंमा वा कुनै सतहमा झर्छन् । त्यसैले यो भाइरस हावामा धेरैबेर बस्दैन । भाइरस छिटै नै भुुईँ वा सतहमा झर्ने भएकाले तपाईको कुनै पनि ज्ख्ब्ऋ कथकतझको हावासँगै बहेर अन्त जाँदैन ।
२. के हावामा यो भाइरसको बढी जोखिम हुन्छ?
यो भाइरस जीवीत कोषमा मात्रै बढ्न सक्छ । तथापी यो भाइरस हावामा र कुुनै पनि सतहमा निश्चित समय बाँच्ने भएकाले संक्रमणको जोखिम रहन्छ । त्यसैले आफूू र नजिकैको वस्तुहरु स्यानिटाइज र डिस्इन्फेक्ट गर्न जरुरी छ ।
३.के यो महामारीमा air conditioner प्रयोग गर्न मिल्छ ?
एकदम÷विल्कुुल सकिन्छ । कुनै पनि राम्रो अवस्थामा भएको air conditioning, ventilation वा यस्तै किसिमको वातानुकुल उपकरणले कोभीड–१९ फैलाउँछ भन्ने तथ्याकं छैन । तथापी यस्ता सामानहरुको नियमित रुपमा जाँच, सफाई र मर्मत भएको हुुनुुपर्छ ।
४.के अधिक क्षमता भएको HVAC को फिल्टरले यो भाइरस फैलिनबाट रोक्न सक्छ ?
यस्ता फिल्टरहरुले धुलोका स–साना कणहरु, किटाणुु, आदि चीजहरुलाई समात्छ र बहने हावामा जानबाट रोक्छ । तर यसले भाइरसको जोखिमललाई पूर्णतया निर्मूल पार्छ भन्ने वैज्ञानिकरुपमा प्रमाणित भएको छैन ।
५.हामीले यस्ता उपकरणको कति समयमा सर–सफाई गर्नुपर्छ ?
आजको मितिसम्म यस्ता उपकरणले कोरोना फैलाएको देखिएको छैन । तैपनि हामी समय समयमा यसको मर्मत तथा सर–सफाई गर्ने सुझाव दिन्छौ । यदि तपाईलाई सो उपकरणको सतहमा संक्रमणको संका लागेमा तत्काल कुनैपनि डिस्इन्फेक्टेन्टबाट सो सतह सफा गर्नुहोस् ।
६.वातानुकुलीत उपकरण भएका कार्यस्थलमा के–कस्तो सावधानी अपनाउन जरुरी हुन्छ ?
कुनै पनि कार्यस्थलमा सफा र स्वच्छ हावाको बहाव हुनैपर्दछ । WHO ले पनि प्राकृतिक वा मेकानिकल भेन्टिलेशन दर बढाउनलाई सल्लाह दिएको छ जसमा हावाको पुनः प्रवाह नहोस् ।
७. Humidity ले कोभीडलाई कस्तो प्रभाव पार्छ ?
हालैको खोजले यो देखाएको छ कि घरभित्र Humidity मात्रा बढाउनाले भाइरसलाई निस्कृय पार्दछ । जाडोको समयमा जब हाम्रो ठाउँ बन्द गरी तातो पारिएको हुन्छ तब Humidity मात्रा एकदमै कम हुन्छ । दुर्भाग्यवश, यस्तो अवस्थामा कोभीड भाइरस लामो समयसम्म रहन्छ ।
हालसम्म HVAC system बाट कोभीड–१९ सरेको कुनै पनि बैज्ञानिक प्रमाण छैन तैपनि हामी Air Experts यहाँहरुलाई नियमित रुपमा HVAC को सफाई र डिस्इन्फेक्ट गर्ने सुझाव दिन्छौं । अझ यस संक्रमण अवधिमा कमर्सियल विल्डिङ र अपार्टमेन्टहरुमा स्वच्छ हावाको प्रवाह बढाउनुपर्छ साथै बाहिरको सम्पर्क सकेसम्म कम गर्नुपर्दछ ।
Share this article
Anjib Jha
Anjib jha is a marketing professional with a strong focus on the air conditioning industry in Nepal. With over a decade of experience in brand promotion, customer engagement, and product positioning, he has played a key role in making advanced and energy-efficient cooling solutions more accessible across the country. Ramesh has worked with leading HVAC brands to understand the unique needs of the Nepali market and help consumers make smart, climate-conscious choices. He writes regularly about market trends, product innovations, and tips for choosing the right AC systems for Nepal’s diverse environments.
Related Post

Coronavirus and Heating, Ventilation and Air Conditioning (HVAC)
Date: 2020-09-10 | Updated Date: 2020-09-10 | Author Name: Anjib Jha

कोभीड–१९ तथा Heating Ventilation / Air Conditioners (HVAC)
Date: 2020-09-14 | Updated Date: 2020-09-14 | Author Name: Anjib Jha

Air Conditioner Maintenance Tips
Date: 2020-09-22 | Updated Date: 2020-09-22 | Author Name: Anjib Jha